मोरङमा थपिए ६६ हजार मतदाता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोरङमा थपिए ६६ हजार मतदाता


१६ माघ २०७८, आइतबार


मोरङ । मोरङमा ६६ हजार ६८० मतदाता थपिएका छन् । विसं २०७५ वैशाखदेखि २०७८ पुस मसान्तसम्म सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार महिला ३१ हजार १८०, पुरुष ३५ हजार ४९६ र तेस्रो लिङ्गी चार जना थपिएका छन् ।

जिल्लामा २०७४ मा सम्पन्न संसदीय र प्रदेश निर्वाचनका बखत महिला तीन लाख १८ हजार ७७५, पुरुष तीन लाख २६ हजार पाँच र तेस्रो लिङ्गी दुई मतदाता थिए ।

आयोगको कार्यालय, जिल्ला प्रशासन, इलाका प्रशासन कार्यालय उर्लाबारी र इलाका प्रशासन कार्यालय रङ्गेलीमा फोटोसहितको मतदाता नामावली सङ्लन गरिएको थियो ।

विसं २०७७ चैत ५ गतेदेखि २०७८ पुस ३० गतेसम्म महिला २० हजार ८१२, पुरुष २३ हजार ४३४ र तेस्रो लिङ्गी चार जनाले मतदाताका रुपमा नाम दर्ता गराएका छन् ।

आयोगले मतदाता नामावली विशेष सङ्कलन कार्यक्रमअन्तर्गत मोरङका १४ स्थानीय तहमा २०७७ मङ्सिर १७ देखि पुस १८ गतेसम्म सात टोली खटाइ नामावली सङ्कलन गरिएको थियो ।

सो अवधिमा पुरुष १६ हजार २० र महिला सात हजार ५७८ थपिएका थिए । निर्वाचनको मिति घोषणा नभएसम्म मतदाता नामावली सङ्कलन जारी रहने अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस