मेक्सिकोमा राजमार्ग दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मेक्सिकोमा राजमार्ग दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु


१६ माघ २०७८, आइतबार


मेक्सिको सिटी । मेक्सिकोको जालिस्को राज्यमा शनिबार एउटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु हुनाका साथै ११ जना घाइते भएका छन् ।

जलिस्को सिभिल प्रोटेक्शन एन्ड फायर डिपार्टमेन्टले ट्विटरमा जनाएअनुसार लागोस डे मोरेनोको नगरपालिकाको लियोन-अगुआस्कालिएन्टेस राजमार्गको ३५ किलोमिटरमा पल्टिएको उक्त गाडीले पर्यटककर्मीहरू ओसारपसार गरिरहेको थियो ।

राज्यको नागरिक सुरक्षा विभागका क्षेत्रीय कमान्डर नेफ्ताली गुइलेनले दुर्घटनामा आठ पुरुष र चार महिलाको मृत्यु भएको र तीमध्ये दुई नाबालीग रहेको बताएका छन् ।

विभागले जारी गरेको भिडियोमा गुइलेनले दुर्घटनाले राजमार्गको कुनै पनि खण्ड बन्द भने गरिएको छैन तर दुर्घटनाको अनुसन्धान पूरा नभएसम्म उक्त क्षेत्रमा सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन सुझाव दिएका छन् ।

यहाँ गत वर्ष ट्राफिक दुर्घटनाका कारण १,०१५ जनाको मृत्यु थियो । यो क्षेत्र मेक्सिकोमा अत्यधिक ट्राफिक मृत्यु हुने मध्ये तेस्रो स्थानमा पर्दछ।

Tags :
प्रतिक्रिया दिनुहोस