२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँबुखैरेनी गाउँपालिकामा इजलास कक्ष सञ्चालन

अ+ अ-

दमाैली । आँबुखैरेनी गाउँपालिकाले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ ।

न्यायिक समितिको कार्यसम्पादनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले सो कक्ष सञ्चालनमा ल्याएको हो ।

प्रभावकारी न्याय निरुपणका लागि इजलास कक्ष स्थापना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिइन् ।

गाउँपालिकाको पुरानो भवनमा इजलास कक्ष बनाइएको छ । गाउँपालिकाका कार्यालय नयाँ भवनमा स्थानान्तरण भएपछि त्यस ठाउँमा इजलास कक्ष बनाइएको उनले बताइन् ।

इजलास कक्ष नहुँदा यस अगाडि उपाध्यक्षकै कार्यकक्षमा इजलास कक्ष थियो । ‘कोठाका अभावमा उपाध्यक्षकै कार्यकक्षमा जसोतसो इजलास कक्ष सञ्चालन भइरहेको थियो, यसले सेवा प्रवाहमा कठिनाई हुँदै आएको थियो,’ उनले भनिन्, ‘छुट्टै इजलास कक्ष बनाएपछि न्याय निरुपणमा सहजता आउने विश्वास लिएका छौँ ।’

न्यायिक समितिले प्रत्येक हप्ताको शुक्रबार न्यायिक समितिको बैठक सञ्चालन गर्ने गरेको छ । उक्त बैठकमा समितिमा परेका विवादको निरुपण गर्ने गरिएको छ ।

समितिमा विशेष गरी जग्गा विवाद, झैझगडा, श्रीमान् श्रीमतीबीचको हिंसाका घटनासम्बन्धी मुद्दा दर्ता हुने गरेको छ । स्थानीय शासन ऐन २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा चार सदस्य र एक परामर्शदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस