बाजुरा अस्पतालमा आयो शववाहन र एम्बुलेन्स सञ्चालनमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाजुरा अस्पतालमा आयो शववाहन र एम्बुलेन्स सञ्चालनमा


१६ माघ २०७८, आइतबार


ambulance

बाजुरा – जिल्ला अस्पताल बाजुराले शववाहन र एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।

जिल्ला अस्पतालले सञ्चालन स्वामित्व आफैमा रहने गरी एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको बताइएको छ ।

भन्सारमा लाग्ने कर छुट गरेर १० लाख लागतमा खरिद गरी अस्पतालले एम्बुलेन्स र शववाहन सञ्चालनमा ल्याएको हो ।

शववाहन र एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष ०७६/७७ मै बजेट विनियोजन भए पनि खरिद गर्न सकिएको थिएन। हाल फेरि बजेट आएपछि खरिद गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस