प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि सर्‍यो « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रतिनिधिसभाको बैठक माघ २६ गतेसम्मका लागि सर्‍यो


१६ माघ २०७८, आइतबार


काठमाडौँ । आइतबार (आज) का लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः १० दिन पछाडि सरेको छ ।

उक्त बैठक माघ २६ गते दिउँसो १ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

कोरोना महामारी सङ्क्रमणको जोखिम यथावत् रहेको कारण आइतबार बैठक बस्न नसक्ने भएकाले सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० दिन पछि सारेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस