सत्तारुढ जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छः नेपाल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सत्तारुढ जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छः नेपाल


१५ माघ २०७८, शनिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार रहेको बताएका छन् ।

उनले संविधानको व्यवस्थाबमोजिम नै चुनावको मिति तोक्नेबारे छलफल भइरहेको बताए । निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले गठबन्धनको शक्तिसँग डराएका दक्षिणपन्थी शक्तिहरू भने चुनावसँग आत्तिएर भ्रम छर्न थालेका आरोप लगाए ।

उनले भने, ‘चुनाव वैशाखमै भए पनि हामी सामना गर्न तयार छौं । जेठ वा असारमा गर्ने भए पनि सामना गर्न हामी तयार छौं । जुन चुनाव जहिले भएपनि हामी सामना गर्न तयार छौँ, हामी चुनावबाट आत्तिएका छैनौं । चुनावबाट अरु आत्तिएका होलान् । गठबन्धन तोड्न चाहने आत्तिएका होलान्, गठबन्धनबारे भ्रम पैदा गरिरहेका होलान् । तर, हामी जनताको बीचमा जान तयार छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस