अख्तियारको मुद्दामा सिमेन्ट उत्पादक सङ्घको आपत्ति « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अख्तियारको मुद्दामा सिमेन्ट उत्पादक सङ्घको आपत्ति


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । सिमेन्ट उद्योगीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब २४ करोड बिगो दाबीसहित मुद्दा दायरसँगै सिमेन्ट उत्पादक सङ्घले आपत्ति जनाएको छ ।

सङ्घले शुक्रवार विज्ञप्ति जारी गर्दै कानुन बमोजिम सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी कानुन बमोजिम लाग्ने राजश्व तथा रोयल्टी तिरेर राष्ट्र पुनर्निर्माणको विषम परिस्थितिमा उद्योगलाई आवश्यक कच्चापदार्थ बढी उत्खनन गरेको कारण देखाई निराधार रूपमा उद्योग र उद्योगीहरूलाई हतोत्साहित गर्ने गरी भ्रष्टाचार जस्तो गम्भीर आरोप लगाइएको भन्दै आपत्ति जनाएको हो ।

सङ्घले छोटो समयमा नै देशलाई आत्मनिर्भर बनाइ अरबौँको आयात प्रतिस्थापन गर्न सफल हुनुको साथै निकट भविष्यमा नै अरबौँको सिमेन्ट निर्यात गरी देशको व्यापार घाटामा उल्लेख्य कमी ल्याउन सक्षम भई सकेको (८० प्रतिशत भन्दा बडी ग्राहस्थ मुल्य अभिवृद्धि हुने) उद्योगहरू माथि तथ्यहीन रूपमा ठुलो क्षति भयो भन्ने आरोप लगाउने किसिमको क्रियाकलापले ठुलो आघात पर्न जाने र समग्र उद्योग तथा नयाँ लगानीकर्ताहरूमा समेत नकारात्मक प्रभाव पर्न जाने भएकोले उद्योगहरूलाई सरल र सहज वातावरण बनाइदिन आग्रहसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस