६,८२७ जनामा कोरोना सङ्क्रमण, थप १० जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

६,८२७ जनामा कोरोना सङ्क्रमण, थप १० जनाको मृत्यु


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । शुक्रवार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या १० लाख ६८ हजार ९३२ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ६९७ पुगेको छ भने ८ लाख ४२ हजार ४३६ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभरमा ८९ हजार ९४१ सक्रिय सङ्क्रमित छन् । जसमध्ये ८८ हजार ८४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ८५७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २५६ जना आइसियु र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै १० वर्ष मुनिका ९३ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस