कङ्गोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कङ्गोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए


१४ माघ २०७८, शुक्रबार


किन्सासा । कङ्गोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् ।

यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कङ्गोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो ।

त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कङ्गोको सेनाको स्रोतले जानकारी दिएको छ ।

यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ ।

यता सेनातर्फ भने एक जना बटालियन कमान्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ ।

त्यस क्रममा यहाँको सेना र केही विद्रोहीहरु घाइते भएका छन् । कङ्गोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस