खैरो हेरोइनसहित दुई जना नियन्त्रणमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खैरो हेरोइनसहित दुई जना नियन्त्रणमा


१४ माघ २०७८, शुक्रबार


भोजपुर । दुई वटा मालवाहक ट्रकमा खैरो हेरोइन (ब्राउन सुगर) भेटिएपछि प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ ।

भोजपुर सदरमुकाम नजिकैको दुम्सिकास्थित को.१ ख ६२३२ र ना. ६ ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लाँदै गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी इन्स्पेक्टर अर्जुनकुमार अधिकारीले जानकारी दिए ।

ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र सङ्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगरलाई पक्राउ गरिएको छ ।

भोजपुरबाट धरान जाँदै गरेका उनीहरूको साथबाट करिब २ ग्राम १ मिलिग्राम ब्राउन सुगर र ८३ हजार ६ सय नगद बरामद गरिएको छ। दुई वटै ट्रक नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस