२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नवनिर्वाचितलाई लोकतन्त्र र संविधानको रक्षार्थ दृढतापूर्वक उभिन आग्रह

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशको पाँच दलीय गठबन्धनको बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्यलाई लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन आग्रह गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा बिहीबार बसेको गठबन्धनको समीक्षा बैठकले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवार सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनार विजयी भएकामा बधाई व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

‘बैठकले गठबन्धनको आवश्यकता र औचित्यलाई थप पुष्टि गर्दै प्रजातन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निष्कर्ष निकाल्यो’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनका क्रममा देखिएका कमी–कमजोरीलाई आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि बैठकले निर्णय गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन लाग्ने नेता, कार्यकर्ता, मतदाता एवं आम जनतालाई धन्यवाद दिँदै बैठकले निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने सबै निकायलाई हार्दिक आभारसहित धन्यवाद व्यक्त गरेको छ ।

विज्ञप्तिमा नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमिति सभापति शुक्रराज शर्मा, नेकपा (माओवादी) केन्द्र गण्डकी प्रदेश समिति अध्यक्ष गायत्री गुरुङ, नेकपा (एकीकृत समाजवादी) पोलिटब्यूरो सदस्य एवं गण्डकी प्रदेश कमिटी सचिव प्रतापलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समिति अध्यक्ष शङ्कर बराल र जनता समाजवादी पार्टी गण्डकी प्रदेश समिति उपाध्यक्ष हेमबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस