सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने


१४ माघ २०७८, शुक्रबार


काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन् ।

कोरोना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग हिजो (बिहीबार) सुझाव लिने क्रममा मन्त्री पौडेलले संविधानमा उल्लेख भएको समाजवादोन्मुख राज्य प्रणालीलाई कार्यान्वयन गर्दै लैजानुपर्ने बताए ।

मन्त्री पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णयपछि अवस्था हेरेर विद्यालय सञ्चालनबारे थप निर्णय हुने जानकारी दिए । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले हाल बन्द विद्यालय खोल्न दिन माग गरेका छन् ।

प्याब्सनले खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमै यही माघ २३ गतेदेखि कक्षा सञ्चालन गर्न दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले निजी लगानीका विद्यालयले गरेका राम्रा कामको मूल्याङ्कन गर्दै सरकारी सेवा सुविधामा विभेद नगर्न आग्रह गरे । नेशनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरु ऋण गरेर विद्यालय चलाउन बाध्य भएकाले सरकारले सहुलियत दिनुपर्ने माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस