चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको गाडीमा आक्रमण « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको गाडीमा आक्रमण


१३ माघ २०७८, बिहिबार


काठमाडौँ। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आक्रमण गरेको छ ।

निवासबाट कार्यालय जाँदै गर्दा आज (बिहीबार) बिहान ११ बजे काँडाघारीमा अज्ञात समूहले ढुङ्गा प्रहार गरी आक्रमण गरेको हो ।

आक्रमणबाट गाडीको पछाडिको भागको सिसा फुटेको छ ।

उक्त आक्रमणको घटनाप्रति आयोगले विज्ञप्ति जारी गरेर घोर भर्त्सना गर्दै संलग्नमाथि कारबाहीको माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘ राष्ट्रिय चिकित्सा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ। साथै उक्त कार्यमा संलग्न व्‍यक्तिरसमूहको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न आयोग नेपाल सरकार समक्ष अनुरोध गर्दछ ।’

चिकित्सा शिक्षा आयोगले जारी गरेको विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस