संयुक्त राष्ट्रसङ्घका अधिकारीद्वारा लिबियाका दलहरूलाई चुनावका लागि समय तोक्न आह्वान « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

संयुक्त राष्ट्रसङ्घका अधिकारीद्वारा लिबियाका दलहरूलाई चुनावका लागि समय तोक्न आह्वान


१३ माघ २०७८, बिहिबार


त्रिपोली । लिबियाका लागि संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समय रेखा तय गर्न आह्वान गरेका छन् ।

विलियम्सले बुधबार दक्षिणी सहर सभाको नगर परिषद्का प्रतिनिधिहरूसँगको भेटमा उक्त टिप्पणी गरेका हुन् । बैठकमा शिक्षाविद्, प्रतिष्ठित व्यक्तित्व र युवा तथा महिला समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आजको मेरो भ्रमण सभाका मानिसहरूलाई आमनेसामने भेट्ने मेरो दृढ सङ्कल्पको अभिव्यक्ति थियो र उनीहरूका सरोकार र विचारहरू विशेष गरी लिबियाको राजनीतिक भविष्य र त्यसमा कसरी संयुक्त राष्ट्रसङ्घले उनीहरूलाई शान्तिको खोजीमा मद्दत गर्न सक्छ भन्ने बारेमा छलफल गर्नु थियो ।

‘सभा नगरबाट मैले प्रतिनिधिसभा, राज्यको उच्च परिषद्, राष्ट्रिय एकताको सरकार र अन्य सम्बन्धित निकाय र दलहरूलाई आफ्ना जनताको इच्छा सुन्न र निर्वाचनलाई दृढताका साथ अघि बढाउन आह्वान गरेको छु। सहमतिको बाटो र स्पष्ट समय रेखा मार्फत जसले छोटो सम्भावित समय सीमामा चुनाव गराउन सक्छ त्यस बारे छलफल गर्नुहोस्,’ विलियम्सले भने ।

लिबियामा गत वर्ष डिसेम्बर २४ मा राष्ट्रपतिको निर्वाचन हुने अपेक्षा गरिएको थियो तर प्राविधिक र कानुनी कारणले निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन आयोगले जनाएको छ ।

चुनाव संयुक्त राष्ट्रसङ्घ-प्रायोजित लिबिया राजनीतिक संवाद फोरम द्वारा अपनाईएको रोडम्यापको एक हिस्सा हो जुन वर्षौँको राजनीतिक विभाजन र असुरक्षापछि लिबियामा स्थिरता ल्याउने उद्देश्यले निर्देशित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस