सेयर कारोबार घटेको घट्यै, ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेयर कारोबार घटेको घट्यै, ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच


१३ माघ २०७८, बिहिबार


काठमाडौँ । सेयर कारोबार रकम दिनप्रतिदिन घट्दै गएको छ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) कुल ३ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भयो । जुन कारोबार रकम अघिल्लो दिनको तुलनामा झन्डै १ अर्ब कमी हो ।

यसअघि बुधबार ४ अर्ब ३१ करोडको कारोबार भएको थियो । त्यस्तै मंगलबार ५ अर्ब ३९ करोडको कारोबार भएको थियो भने सोमबार ८ अर्ब ८८ करोडको भएको थियो ।

बिहीबार सेयर बजारको परिसूचक नेप्से भने जम्मा ३.२९ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २७७९ अङ्कमा कायम भएको छ ।

कुल ९० कम्पनीको मूल्य बढ्यो भने ८६ को घट्यो । त्यस्तै १५ कम्पनीको मूल्य स्थिर रह्यो । बैङ्किङ ४, विकास बैङ्क २१, होटल तथा पर्यटन २१, जीवन बीमा १ र व्यापार उपसमूह ७ अङ्कले घटे । फाइनान्स १४, जलविद्युत ५, उत्पादन २५, लघुवित्त ५, निर्जीवन बीमा १३२ र अन्य उपसमूह १७ अङ्कले बढे ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो । सीईडीबी हाइड्रोपावरको मूल्य ८.७ प्रतिशतले बढ्यो । नेसनल लाइफ लाइफ, नेपाल टेलिकम, अपी पावर, शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स कम्पनी कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

Tags :
प्रतिक्रिया दिनुहोस