भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि


१३ माघ २०७८, बिहिबार


नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ ।

बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसै समयमा भारतमा कोरोना सङ्क्रमणबाट ५७३ जनाको मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म ४ लाख ९१ हजार ७०० व्यक्तिको मृत्यु भएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितहरुको सङ्ख्या २२ लाख २ हजार ४७२ रहेको छ ।

कुल सङ्क्रमितहरु मध्ये ९३।२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन। ती मध्ये तीन लाख ६ हजार ३५७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।

यसैसँगै कोरोना शुरु भएदेखि हालसम्म सङ्क्रमण मुक्त हुनेको संख्या तीन करोड ७६ लाख ७७ हजार ३२८ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस