बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किए ,१९ जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाक्लो कुहिरोका कारण टोकियो नजिकै एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किए ,१९ जना घाइते


१३ माघ २०७८, बिहिबार


टोकियो । बाक्लो कुहिराका कारण टोकियो नजिकैको चिबा प्रिफेक्चरको एउटा एक्सप्रेसवेमा १२ वटा सवारी साधन अड्किदा १९ जना घाइते भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

धेरै सवारी थुप्रिएर दुर्घटना भएकाले बिहान ८:०० बजे स्थानीय प्रहरीलाई खबर गरिएको थियो । प्रत्येक दिशामा एउटै लेन भएको उक्त एक्सप्रेसवेको एक खण्डमा किसराजु सहरको मेट्रोपोलिटन इन्टर-सिटी एक्सप्रेसवेमा दुर्घटना भएको हो ।

स्थानीय प्रहरीका अनुसार बाक्लो कुहिराका कारण चालकहरूलाई बाटो देख्न मुस्किल परेको थियो जसले गाडीहरू एकै ठाउँ थुप्रिन पुगे र दुर्घटना हुन पुग्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस