रौतहटमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रौतहटमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु


१३ माघ २०७८, बिहिबार


रौतहट । रौतहटमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा गढीमाई नगरपालिका ८ का १९ वर्षीय महम्द अलताफ आलम र २४ वर्षीय रवि साहको मृत्यु भएको हो ।

ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल बुधवार राति अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस