सर्वोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारण सभा सम्पन्न « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सर्वोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारण सभा सम्पन्न


१२ माघ २०७८, बुधबार


काठमाडौँ । सर्वोत्तम सिमेन्टको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको कम्पनीले जनाएको छ। 

उक्त सभामा लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/२०७८ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भएको छ । 

त्यसैगरी, आर्थिक वर्ष २०७७र२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखा परीक्षकमा सुभाष एन्ड कम्पनी चार्टड एकाउन्टेन्टलाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ।

साथै, विशेष प्रस्तावहरूअन्तर्गत धितो पत्रको प्रारम्भिक सार्वजनिक निष्कासन ६०,००,००० कित्ता सेयर निष्कासन बुक विल्डिङ्ग विधिबाट गर्ने निर्णय भएको छ।

त्यसैगरी, धादिङ जिल्ला रोरांग गाउँपालिका स्थित कान्द्रांगगढी चुनढुङ्गा भण्डारणको उत्खनन कार्यका लागि  १५ करोड १ लाख मात्रमा खानी खरिद गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णयसमेत गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस