लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश « प्रशासन
Logo ८ जेष्ठ २०७९, आइतबार
   

लोक सेवाको स्थगित परीक्षाफल प्रकाशित गर्न सर्वोच्च अदालतको परमादेश


१२ माघ २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतले लोक सेवा आयोगका स्थगित परीक्षाफल प्रकाशित गर्न आयोगको नाममा परमादेश जारी गरेको छ ।

लामो समय सुनुवाइ गरी आज (बुधबार) जारी भएको परमादेशमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न परमादेश जारी गरेको हो ।

परमादेशमा भनिएको छ, ‘परीक्षाफल रोक्न लोक सेवा आयोगलाई अनुरोध गरी पठाउने भनी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०७८ भदौ ३ मा भएको निर्णय र पत्राचार तथा तदअनुरुप लोक सेवा आयोगबाट विज्ञापित पदको अन्तिम नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम कारबाही समेत उप्रेषणको आदेशद्वारा बदर हुने र स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल प्रकाशन गर्ने समेतका कार्यहरू यथाशीघ्र गर्नु गराउनु भनी विपक्षी लोक सेवा आयोगको नाउँमा परमादेश जारी हुने ठहर्छ ।’

परमादेश :

Tags :
प्रतिक्रिया दिनुहोस