सिरियामा पाँच सयभन्दा बढी लडाकुद्वारा आत्मसमर्पण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिरियामा पाँच सयभन्दा बढी लडाकुद्वारा आत्मसमर्पण


१२ माघ २०७८, बुधबार


दमासकस । सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन ।

‘आत्मसमर्पण गर्ने विद्रोही लडाकुहरूको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,’ एक सरकारी अधिकारीले भने । आत्मसमर्पण गरेका सबै लडाकुहरू कारागारमा राखिएका थिए ।

यही जनवरी २० मा लडाकूहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए ।

त्यही बेलामा धेरै लडाकुहरूलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो ।

लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकु र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो ।

लडाकुहरूसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो ।

लडाकु र सुरक्षाकर्मीहरुका बीचमा देशका विभिन्न ठाउँमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौँ मानिस विस्थापित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस