मंगलबार पनि घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मंगलबार पनि घट्यो सेयर बजार, कारोबार रकम पनि खुम्चियो


११ माघ २०७८, मंगलबार


काठमाडौँ । आज (मंगलबार) पनि सेयर बजारको परिसूचक नेप्से घटेको छ । ५.५९ अङ्कले घटेसँगै नेप्से २८१५ अङ्कमा कायम भएको छ ।

यसअघि गत आइतबार १० र हिजो (सोमबार) करिब १०० अङ्कले नेप्से घटेको थियो । कारोबार रकम पनि घटेको छ ।

सोमबार ८ अर्ब ८८ करोडको सेयर किनबेच भएकोमा मंगलबार ५ अर्ब ३९ करोडमा सीमित भएको छ ।

यस दिन जीवन बीमा उपसमूह ६३ अङ्कले बढेको छ । अरु सबै उपसमूह घटे । बैङ्किङ ४, विकास बैङ्क २०, फाइनान्स ६, होटल तथा पर्यटन ४, जलविद्युत १०, उत्पादन १३, लघुवित्त १६, निर्जीवन बीमा २२, अन्य ९ र व्यापार उपसमूह १ अङ्कले घटे ।

कुल ६९ कम्पनीको मूल्य बढ्यो भने १०२ को घट्यो १९ कम्पनीको मूल्य भने स्थिर रह्यो । वीन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै बुद्धभूमि हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढ्यो । पोखरा फाइनान्सको मूल्य ८ प्रतिशतले बढ्यो । गोर्खा फाइनान्सको मूल्य ४.५ प्रतिशतले घट्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस