स्थानीय तहको चुनाव सार्न मिल्दैन: एमाले नेता खरेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्थानीय तहको चुनाव सार्न मिल्दैन: एमाले नेता खरेल


११ माघ २०७८, मंगलबार


बलात्कार

झापा । नेकपा एमाले स्थायी समिति सदस्य एवं पूर्वकानुनमन्त्री अग्नि खरेलले संविधानले स्थानीय तहको सरकारको तोकिदिएको पाँच वर्ष अवधिभन्दा कसैले एकदिन पनि थप्न नसक्ने बताएका छन् ।

आज झापाको बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यदि संविधान उल्लङ्घन गरेर स्थानीय तहको चुनाव सार्ने कार्य भएमा एमालेले नसहने बताए ।

‘वैशाखमा हुनुपर्ने चुनाव मङ्सिरमा सार्न मिल्दैन । यो स्थानीय निकाय होइन, स्थानीय सरकार हो । संविधानमा यसको अवधि पाँच वर्ष हुने स्पष्ट व्यवस्था छ,’ उनले भने।

चुनाव नगर्ने र विगतको जस्तै जनप्रतिनिधिविहीन अन्योलको अवस्थामा स्थानीय तहलाई धकेल्न सरकार उद्यत रहेको उनको आरोप थियो ।

स्थानीय तहमा पाँच वर्ष तोकिएको अवधि एकदिन पनि बढाउन नमिल्ने र एक दिन जनप्रतिनिधिविहीन पनि राख्न नमिल्ने उनको धारणा छ ।

‘अर्ली इलेक्सन’ वा तीनवटै तहको सरकारको चुनाव एकैपटक गर्ने भन्ने कुरा चुनाव नगर्ने योजना भएको एमाले नेता खरेलको आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस