व्यासमा अत्यावश्यकबाहेक सेवा बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

व्यासमा अत्यावश्यकबाहेक सेवा बन्द


११ माघ २०७८, मंगलबार


तनहुँ । व्यास नगरपालिका कार्यालयले माघ ११ देखि माघ १४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा बन्द हुने जनाएको छ ।

नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख मीरा जोशीसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरेको हो ।

माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको सिलसिलामा मतदाताको कोभिड–१९ को अनिवार्य पिसीआर परीक्षण गर्नुपर्ने परिपत्र भएको थियो । निर्वाचन आयोगको परिपत्रअनुसार स्वास्थ्य परीक्षण गर्दा नगरप्रमुख, उपप्रमुखसहितका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो ।

नगरपालिकाले चार दिनका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस