जनगणनाको प्रारम्भिक नतिजा तयार, १२ गते सार्वजनिक गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जनगणनाको प्रारम्भिक नतिजा तयार, १२ गते सार्वजनिक गरिने


११ माघ २०७८, मंगलबार


काठमाडौँ । राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस