चिकित्सक सङ्घले भोलिदेखि कोरोना सङ्क्रमितलाई कल सेन्टर सुरु गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सक सङ्घले भोलिदेखि कोरोना सङ्क्रमितलाई कल सेन्टर सुरु गर्ने


१० माघ २०७८, सोमबार


काठमाडौँ । कोभिडको तेस्रो लहर बढ्दै गएकाले कोरोना सङ्क्रमितलाई नेपाल चिकित्सक सङ्घले कल सेन्टर सुरु गर्ने भएको छ ।

सङ्क्रमितहरूले भोलि (मंगलबार)बाट सुरु हुने कल सेन्टरबाट परामर्श लिन सक्ने सङ्घले जनाएको छ ।

सङ्घका महासचिव डा. बद्री रिजालले जारी गरेको सूचनामा भनिएको छ, ‘सम्पूर्ण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्याका लागि नेपाल चिकित्सक सङ्घको ११५६ नम्बरको कल सेन्टरमा सम्पर्क राखी आवश्यक परामर्श लिनुहुन हार्दिक अपिल गर्दछु ।’

सङ्घ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा कल सेन्टर सञ्चालनमा ल्याउन लागिएको हो। बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म कल सेन्टरबाट परामर्श दिइने सङ्घले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस