कास्की प्रशासनले भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कास्की प्रशासनले भोलिदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने


१० माघ २०७८, सोमबार


कास्की । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु भोलि (मंगलबार)देखि बन्द गर्ने भएको छ ।

कार्यालयमा कार्यरत केही कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह रोकिएको प्रशासनले जनाएको छ ।

कर्मचारीहरुमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेपछि सङ्क्रमण फैलिन नदिन शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस