२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कम्बोडियामा २० दिन यता कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य

अ+ अ-

होमपेन्ह् । कम्बोडियामा पछिल्लो २० दिनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार वक्तव्य जारी गर्दै पछिल्लो २० दिनमा कोरोनाका कारण कम्बोडियामा कसैको पनि मृत्यु नभएको जनाएको हो ।

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसबाट सङक्रमितहरुको सङ्ख्या भने बढिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समयमा ४० जना नयाँ सङ्क्रमित थपिएसँगै ओमिक्रोनभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या ६२५ पुगेको छ ।

‘नयाँ थपिएका ४० सङ्क्रमित मध्ये १५ जना देश बाहिरबाट आएकाहरुमा देखिएको हो भने अरु २५ जना देश भित्रैबाट सरेको देखिएको छ,’ मन्त्रालयको वक्तव्यमा लेखिएको छ ।

दक्षिण पूर्वी एसियाली यस मुलुकमा ओमिक्रोनको सङ्क्रमण सबैभन्दा पहिलो पटक सन् २०२१ को डिसेम्बर १४ मा देखिएको थियो ।

अफ्रिकी मुलुक घानाबाट आएकी कम्बोडियाली गर्भवती महिलामा पहिलो सङ्क्रमण पुष्टि भएको हो ।

कम्बोडियाका प्रधानमन्त्री हुनसेनले ओमिक्रोनबाट सङ्क्रमित सबैलाई चाहेको अवस्थामा घरमै उपचारको व्यवस्था गरिने घोषणा शुक्रबार गरेका छन् ।

कोरोनाभाइरसको महामारीको सुरुवात भने कम्बोडियामा सन् २०२० को जनवरी देखि भएको मन्त्रालयले जनाएको छ ।

महामारी सुरु भएदेखि अहिलेसम्म कम्बोडियामा कोरोनाभाइरसबाट एक लाख २१ हजार ६६ जना सङ्क्रमित भएका छन् ।

कुल सङ्क्रमित मध्ये तीन हजार १५ जनाको मृत्यु भएको छ भने एक लाख १७ हजार २३२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

देशको कुल जनसङ्ख्याको ८९.६ प्रतिशतले कोरोनाभाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएको तथ्याङ्क छ ।

कम्बोडियामा चीनमा बनेको सिनोभ्याक र सिनोफार्म खोप प्रयोग गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस