कोभिड–१९ महामारीको अन्त्य ओमिक्रोनबाट नै हुन्छः डब्लूएचओ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिड–१९ महामारीको अन्त्य ओमिक्रोनबाट नै हुन्छः डब्लूएचओ


१० माघ २०७८, सोमबार


काठमाडौँ । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड- १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् ।

डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने , ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ ।’ मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।

सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त उनको भनाइ छ ।

अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस