उचित हवाई पारवहनको अभावले अफगानिस्तानमा निर्यातको समस्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उचित हवाई पारवहनको अभावले अफगानिस्तानमा निर्यातको समस्या


१० माघ २०७८, सोमबार


काबुल । अफगानिस्तानको एअर करिडोर अवरुद्ध भएकाले हवाई पारवहनको अभावका कारण यहाँको स्थानीय सामान निर्यातमा समस्या भएको बताइएको छ ।

अफगानिस्तानको चेम्बर अफ कमर्स एन्ड इन्भेस्टमेन्ट (एसीसीआई) ले आइतबार जारी वक्तव्यअनुसार एअर करिडोर अवरुद्ध हुँदा उडानहरू स्थगित गर्नुपरेको र विदेश पठाउनुपर्ने सामान आपूर्तिमा चुनौती सिर्जना भएको हो ।

टोलो न्युजका अनुसार अधिकारीहरूले समस्या समाधान गर्न प्रयास गरिरहेका छन् तर अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । एसीसीआईका उपप्रमुख खरिरुद्दिन मयलले भने, ‘एसीसीआईले सुविधा र सुगमता ल्याउने प्रयास गर्दै आएको छ तर अहिलेसम्म प्रगति भएको छैन ।’

तत्कालीन सरकार ढल्नुअघि अफगानी सामानलाई काबुल, कान्दहार, बाल्ख र हेरात गरी चार प्रान्तका विमानस्थलहरूबाट हवाई मार्गमार्फत विश्व बजारमा पुर्‍याइन्थ्यो ।

यसैबीच, धेरै व्यापारीले तालिबानलाई सो समस्या समाधान गर्न र हवाई कोरिडोरमार्फत विश्व बजारमा सामान निर्यात गर्न सहज बनाउन आग्रह गरे पनि सरकार सञ्चालनको अनुभव लिँदै गर्दा यसमा पर्याप्त ध्यान दिन सकेको छैन ।

एसीसीआईको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा एक हजार ८०० उडानहरूले हवाई मार्गमार्फत ६ करोड अमेरिकी डलर मूल्यका सामानहरू भारत, संयुक्त अरब इमिरेट्स, चीन, रुस, बेलायत, फ्रान्स र जर्मनीलगायत विभिन्न देशहरूमा पुर्‍याएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस