अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिकाद्वारा आफ्नो दूतावासमा कार्यरत कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश


१० माघ २०७८, सोमबार


काठमाडौँ । रुस र युक्रेनबीच तनाव बढीरहेका बेला अमेरिका सरकारले युक्रेन छाड्न आफ्ना नागरिकहरुलाई निर्देशन दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले दूतावासका कर्मचारी, तिनका परिवारका सदस्य र अत्याश्यवक काम नभएका अन्य कर्मचारीहरुलाई युक्रेन छाड्न भनेको हो । युक्रेनमा रहँदै आएका आफ्ना नागरिकहरुलाई पनि युक्रेन छाड्ने विषयमा विचार गर्न अमेरिकाले भनेको छ ।

रुसले युक्रेनमा आक्रमण गर्ने योजना बनाएको भन्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई उक्त आदेश जारी गरेको बीबीसीले जनाएको छ । यद्यपि रुसले भने युक्रेनमा आक्रमण गर्ने योजनाको खण्डन गर्दै आएको छ ।

रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा करिब एक लाख सैनिक तैनाथ गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । रुसविरुद्ध उभिएको अमेरिकाले हालै युक्रेनमा हतियारसहितका सहायता सामग्री पठाएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्दै रुसले युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गर्ने योजना बनाइरहेको जनाएको छ । अमेरिकाका अनुसार सुरक्षाको दृष्टिकोणले अहिले परिस्थिति अप्रत्यासित छ र केबल एक सानो सूचनाले स्थिति भयावह हुनसक्छ ।

उत्तरी एटलान्टिक सन्धि संगठन ९नाटो०का प्रमुखले पनि युरोपमा नयाँ संघर्षको खतरा रहेको बताएका छन् ।

ब्रिटेनको ‘अप्रत्यासित’ बयान

यसैबीच ब्रिटेनले एक औपचारिक बयान जारी गर्दै रुसले आफ्नो समर्थकलाई युक्रेनको सत्तामा पुर्याउन चाहेको जनाएको छ । यदि रुसले युक्रेनमा आक्रमण गरेमा त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि ब्रिटेनले दिएको छ ।

रुस र युक्रेनबीच तनाव बढीरहेको बेला युक्रेनबाट जारी यो बयानलाई अन्तर्राष्ट्रिय मिडियाहरुले ‘अप्रत्यासित’ भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस