तेस्रोपटक चेल्सीले हरायो स्पर्सलाई « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

तेस्रोपटक चेल्सीले हरायो स्पर्सलाई


१० माघ २०७८, सोमबार


काठमडौँ । दोस्रो हाफमा दुई गोल गर्दै चेल्सीले टोटनह्याम हटस्पर्सलाई तीन हप्तामा तेस्रो पटक पराजित पराजित गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफ सुरु भएको दुई मिनेटमा नै हामिक जियाचले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

आठ मिनेटपछि नै थियागो सिल्भाले मेसन माउन्टको फ्रिकिकबाट गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । यसअघि पहिलो हाफमा ह्यारी केनले चेल्सीको पोस्टमा गोल छिराए पनि त्यसलाई रद्द गरिएको थियो । गोलअघि केनले सिल्भालाई फल हानेको देखिएको थियो ।

चेल्सीले केही समयअघि मात्र काराबाओ कपको सेमिफाइनलको दुवै लेगमा स्पर्सलाई हराएको थियो । गत नोभेम्बरमा एन्टोनियो कोन्टेले नेतृत्व सम्हाले यता लिगमा स्पर्सको यो पहिलो पराजय हो ।

जीतपछि २४ खेलबाट ४७ अङ्क बटुल्दै चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ । स्पर्स भने २० खेलबाट ३६ अङ्क बटुल्दै लिगको सातौँ स्थानमा सीमित रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस