अझै केहि दिन वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अझै केहि दिन वर्षा र हिमपातको सम्भावना


१० माघ २०७८, सोमबार


काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले अझै केहि दिन वर्षा र हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम बुलेटिनमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपात भइरहेको उल्लेख छ।

सोमबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्यतया बदलीको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मध्यम र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार राती प्रदेश नं १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

Tags :
प्रतिक्रिया दिनुहोस