ललितपुर महानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुर महानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द


९ माघ २०७८, आइतबार


ललितपुर। ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि ५ दिनका अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने भएको छ ।

कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भई महानगरका कर्मचारीहरू उपचार एवं होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यक सेवा मात्रै दिन लागेको हो।

ओमिक्रोन सङ्क्रमण बढ्दै गएको र यसबाट जनप्रतिनिधि र कर्मचारीहरूसमेत सङ्क्रमित भई उपचार एवं होम आएसोलेशनमा रहेकाले सेवा बन्द गर्नु परेको महानगरले जनाएको छ ।

अधिकांश कर्मचारीहरू सङ्क्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा दिन सक्ने स्थितिसमेत नरहेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस