संविधानसँग बाझिएको कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई संविधानविद्हरूको सुझाव « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संविधानसँग बाझिएको कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई संविधानविद्हरूको सुझाव


९ माघ २०७८, आइतबार


काठमाडौँ । संविधानविद्हरूले सत्तारूढ गठबन्धनलाई संविधानसँग बाझिने कानुन स्थानीय तह ऐन २०७३ संशोधन गर्न सुझाव दिएका छन् ।

बालुवाटारमा आज (आइतबार) प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरूसँग भएको छलफलमा संविधानविद्हरूले ऐनलाई संविधानअनुसार कानुन संशोधन गर्न सुझाव दिएका हुन् ।

‘हामीले प्रतिनिधिमूलक रूपमा संविधानविद्हरूसँग छलफल गर्‍यौँ। संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न उहाँहरूले सुझाव दिनुभएको छ,’ बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।

उनले संविधानको भावनाअनुसार सरकार चल्ने पनि बताएका छन्। निर्वाचन सार्ने कुरा नभएको सञ्चारमन्त्रीसमेत रहेका कार्कीले बताए। तीनै तहको चुनाव संविधानले व्यवस्था गरेअनुसार नै हुने उनले बताए।

छलफलपछि पत्रकारहरूसँग कुराकानी गर्दै संविधानविद् रमण श्रेष्ठले संविधानअनुसार ऐन बन्न जरुरी रहेको बताएका छन्।

‘संविधानअनुसार कानुन नबनेको हुनाले केही जटिलता देखियो,’ उनले भने, ‘संविधानमा व्यवस्था भएअनुसार कानुन संशोधन गर्नुपर्‍यो भन्ने सुझाव हामीले दिएका छौँ।’

०७४ मा वैशाख, असार र असोज गरी तीन चरणमा स्थानीय तह चुनाव भएकोले सबै जनप्रतिनिधिले पाँच वर्ष कार्यकाल पूरा गर्नुपर्ने उनले बताए। कुन चुनावबाट जनप्रतिनिधिको कार्यकाल मान्ने भन्ने विवाद छ।

Tags :
प्रतिक्रिया दिनुहोस