पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि , ४ जनाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना सङ्क्रमण पुष्टि , ४ जनाको मृत्यु


९ माघ २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० नमुनाको एन्टीजेन परीक्षण गर्दा ८६४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १४१६ जना सङ्क्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस