सडकको नालीमा परेर गैंडाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सडकको नालीमा परेर गैंडाको मृत्यु


९ माघ २०७८, आइतबार


चितवन । चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडा मरेको छ। 

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार नारायणघाट(हेटौँडा सडक खण्डको गोदराङ भन्ने ठाउँमा नालीमा परेको पोथी गैंडा आइतबार दिउँसो मरेको हो। उक्त सडक ६ लेनको बन्दै छ। 

खनालका अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रबाट आएको देखिन्छ। गैंडा नालीमा परेको टिकौली जंगल नजिकै छ। टिकौली जंगलमा धेरै जनावरले सडक वारपार गरिरहन्छ। 

सडक बनाउँदा जंगली जनावरको आवतजावतलाई ध्यान नदिई संरचना बनाउँदा आइतबार गैंडा नालीमा खसेको हो। 

गैंडा नालीमा खसेको देखेर स्थानीयले प्रशासनलाई खबर गरेका थिए। अहिले वन कार्यालय र चितवन निकुञ्जका अधिकारीहरू घटनास्थलमा जाँदैछन्। 

Tags :
प्रतिक्रिया दिनुहोस