साताको पहिलो दिन आज ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साताको पहिलो दिन आज ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार


९ माघ २०७८, आइतबार


शेयर बजार

काठमाडौँ । साताको पहिलो दिन आइतबार ७ अर्ब ३ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

यो कारोबार रकम बिहीबारको तुलनामा बढी हो । गत बिहीबार ५ अर्ब ७७ करोडको कारोबार भएको थियो ।

परिसूचक नेप्से भने १०.८३ अंकले घटेर २९२० अंकमा झरेको छ । कुल ४६ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो । ७ कम्पनीको मूल्य स्थिर रह्यो । 

बैंकिङ १६, विकास बैंक ७३, फाइनान्स ७२, होटेल तथा पर्यटन ५१, जलविद्युत ४२, लगानी १, लघुवित्त १० र व्यापार उपसमूह ४६ अंकले घटे । जीवन बिमा २२९, उत्पादन १६, अन्य ३७ तथा निर्जीवन बिमा उपसमूह ३० अंकले बढे ।

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढ्यो । बुद्धभूमि हाइड्रोपावर र मैलुङ खोलाको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ । सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा टेलिकम, अपी पावर, एनआईसी एसिया बैंक, शिखर इन्स्योरेन्स र ग्लोबल आईएमई बैंक क्रमश अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस