नेता पुन स्वदेश फर्किंदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेता पुन स्वदेश फर्किंदै


९ माघ २०७८, आइतबार


काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्य उपचारपछि स्वदेश फर्किंदै छन् ।

बैंकक र त्यसपछि चीनमा उपचार गराएका पुन आफैंले पूर्ण स्वास्थ्यलाभ गरी माघ १० गते स्वदेश फर्किन लागेका हुन् ।

पुनको सचिवालयका अनुसार उनी सोमबार बेलुका करिब आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् ।

जण्डिस सम्बन्धी समस्या बल्झिएपछि पुन उपचार गर्न गत असोज १३ गते थाइल्याण्डको बैंकक गएका थिए । त्यहाँ उल्लेख्य सुधार नभएपछि उनलाई उतैबाट गत मंसिर दोस्रो हप्ता चीनको थर्ड पिपुल्स अफ हस्पिटल सेन्जेन लगिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस