जाजरकोटका १५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जाजरकोटका १५ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण


९ माघ २०७८, आइतबार


जाजरकोट । स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड सङ्क्रमित भएका छन् ।

सङ्क्रमित सबै होमआइसोलेशनमा बसेको र अवस्था सामान्य भएको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले जानकारी दिए ।

जिल्लाका नलगाड, बारेकोट र जुनिचाँदेमा समेत कोभिडबाट सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको छ ।

पछिल्लो समय कोभिडबाट जोगाउन स्थानीय सरकारले तयारी गरेका छैनन् । राजनीतिक दलहरुले आफ्ना कार्यक्रमलाई निरन्तराता दिइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस