२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट

अ+ अ-

गलकोट । धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ ।

अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा समेत अस्पताल उत्कृष्ट घोषण भएको थियो । धवलागिरि, गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका वरिष्ठ स्वास्थ्य तथा शिक्षा अधिकृत नवराज शर्माले जानकारी दिए ।

उनीसहितको समूहले धवलागिरि अस्पतालमा स्वास्थ्यकर्मीसँगको अन्तरक्रियाका क्रममा अस्पतालले आफ्ना कमी–कमजोरी सुधार गर्दै न्यूनतम स्वास्थ्य मापदण्ड बढाउँदै लगेको, अहिलेसम्म निरन्तर उत्कृष्ट हुँदै आएको र यसपटक न्यूनतम स्वाथ्य मापदण्डका आधारमा ८४ अङ्क प्राप्त गरेको जानकारी गराएका थिए ।

विसं २०७७ का आवमा गरिएको एक सर्वेक्षणमा ६६ अङ्क प्राप्त गरेको सो अस्पतालले २०७८ असारमा गरिएको सर्वेक्षणमा ७३ अङ्क प्राप्त गरेको थियो । पुस मसान्तसम्म अस्पतालको अवस्थाको सर्वेक्षणका आधारमा ८४ अङ्क प्राप्त गर्दै गण्डकी प्रदेशमै उत्कृष्ट भएको हो ।

सुरुको सर्वेक्षणमा न्यूनतम स्वास्थ्य मापदण्डका कमी–कमजोरीलाई सुधार गर्दै गएका कारण निरन्तर सर्वेक्षणको अङ्क बढाउदै उत्कृष्ट भएको धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र विक पोखरेलले जानकारी दिए ।

‘निरन्तरको सर्वेक्षण, सुझाव र छलफलबाट अस्पतालको विभिन्न विभागलाई सुधार गर्दै लगिरहेका छौँ । जस्तै फोहरको वैज्ञानिक व्यवस्थापन, बरिरङ्ग सेवा, इमर्जेन्सी विभाग र विपद् व्यवस्थापनमा धेरै परिवर्तन गरेका छौँ’, उनले भने, ‘अस्पतालले जनताको स्वास्थ्य सेवामा क्रमशः गुणस्तर वृद्धि गराउँदै लैजाँदाको परिणाम नै प्रदेशकै उत्कृष्ट अस्पताल बन्नु हो ।’

सर्वेक्षणमा अस्पतालका स–साना कमी–कमजोरी खोतल्ने र सुधारका लागि सुझाव दिने काम भइरहेको छ ।

सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा गरिएको मूल्याङ्कनका आधारमा सो अस्पताल उत्कृष्ट हुँदै आएको छ ।

तीन विषयमा केन्द्रित रहेर ६४७ वटा सूचक राखेर त्यसमा अङ्क प्रदान गरिन्छ । सो अस्पतालको न्यूनतम सेवा मापदण्डको चालु आवमा स्थलगत अनुगमन गरिएको थियो ।

प्रत्येक पटकको सर्वेक्षणमा अस्पतालको न्यूनतम सेवा मापदण्डअनुसारका काम भए÷नभएको र देखिएका कमी–कमजोरीलाई सुधार्न सल्लाह दिँदै आएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले दिएको सुझावअनुसार अस्पतालको सेवा विस्तार तथा गुणस्तरीय स्वास्थ्य सेवा र चुस्त व्यवस्थापन गर्दै आएको धवलागिरि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस