सिके राउत नेतृत्व पार्टीको आपराधिक क्रियाकलाप रोक्न जसपाको माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सिके राउत नेतृत्व पार्टीको आपराधिक क्रियाकलाप रोक्न जसपाको माग


८ माघ २०७८, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सिके राउत नेतृत्वको जनमत पार्टीको आपराधिक एवं गैर राजनीतिक क्रियाकलापलाई नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । 

माघ ५ गते बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिनका लागि जसपाका कार्यकारिणी सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रेणु यादव रौतहट पुगेको बेला जनमत पार्टीका नेता तथा कार्यकर्ताले रोक्ने प्रयास गरेको जसपाले पार्टीले जनाएको छ । 

जसपाले आज एक विज्ञप्ति जारी गरी बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले सुनियोजित ढङ्गबाट लाठी, भाटा, ढुङ्गा आदि लिई कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतङ्क मच्चाउने र हिंसा भड्काउने काम गरेको दाबी गरेको छ ।

जसपाको कार्यक्रम तथा यसको कुनै नेता तथा कार्यकर्ता विरुद्ध लक्षित यस्ता आपराधिक कार्य अब उपरान्त नगर्न सो पार्टीले जनमत पार्टी सचेत गराएको छ । 

यद्यपि मन्त्री रेणु यादवले जनमत पार्टी र त्यसका अध्यक्ष विरुद्ध दिएकी अभिव्यक्ति बारे पार्टीले केही बोलेको छैन ।

मन्त्री यादवले रौतहटमा आफ्नो मन्तव्य राख्ने क्रममा अर्को गौर घटना हुने चेतावनी दिइएकी थिइन् । त्यस अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेको छ । उनको राजीनामा पनि मागि रहेको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस