२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइसियु सञ्चालनका लागि जनशक्ति अभाव

अ+ अ-

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित आइसियु कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियु शय्या ल्याइएको हो । 

गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ । कोरोना महामारीको दोस्रो भरियन्टको बेला जिल्लामा श्वासप्रश्वासका बिरामीका लागि ल्याइएको भए पनि दक्ष जनशक्तिको अभावमा उक्त शय्या सञ्चालनमा ल्याउन नसकिएको हो ।

कोरोना महामारीको दोस्रो भरियन्ट फैलिएका बेला बझाङमा झण्डै एक हजार ६०० भन्दा बढी सङ्क्रमित भएका थिए भने २१ जनाले उपचार अभावमा ज्यान गुमाएका थिए । 

श्वासप्रश्वासमा समस्या भएका जटिल सङ्क्रमितलाई डडेलधुरा तथा कैलाली सिफारिस गर्ने गरेको र त्यहाँ नपुग्दै बाटोमै मृत्यु हुने गरेको थियो । जिल्लामा भेन्टिलेटरसहितको आइसियु सञ्चालनका लागि दक्ष जनशक्ति अभाव रहेको स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले बताए ।

यता जिल्ला अस्पताल बझाङका डा मिलन खड्काका अनुसार अहिले उक्त दुईवटा भेन्टिलेटरसहित आठ आइसियु शय्या जडान कार्य सम्पन्न भएको छ । पुसको पहिलो साता मात्रै उक्त जडान कार्य गरिएको डा खड्काले बताए । 

जनशक्ति अभावकै कारण लामो समयसम्म उक्त सेवा सञ्चालन गर्न नसकिएको बताउँदै अहिले दुई जनालाई भेन्टिलेटरसहितको आइसियु शय्या सञ्चालनका लागि तालिम दिइएपछि सञ्चालन गर्न सकिने भनाइ छ ।

अहिले जिल्ला अस्पताल बझाङमा रहेको भेन्टिलेटरसहितको आइसियु शय्या सञ्चालनका लागि डा खड्का र नर्स साधना खड्कालाई तालिम दिएको जिल्ला अस्पतालका प्रमुख अनवेश कोइरालाले बताए । 

आगामी दिनमा जटिल तथा आइसियुमा राख्नुपर्ने बिरामी भर्ना भएको खण्डमा पनि जिल्लामै उपचार गर्न सकिने डा कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस