जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना पुष्टि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासन कैलालीका १५ कर्मचारीमा कोरोना पुष्टि


८ माघ २०७८, शनिबार


धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीमा कार्यरत १५ जना कर्मचारी कोरोना संक्रमित भएका छन् ।

कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका २३ जना कर्मचारीले नमूना परीक्षण गराउँदा १५ जनामा संक्रमण देखिएको हो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका नियमित सेवा बन्द गरिएको छ ।

प्रशासनले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सबै सेवाबन्द गरिएको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस