२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष

अ+ अ-

बागलुङ । कोरोनाको तेस्रो लहरको सङ्क्रमण तीव्ररुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ ।

कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ ।  

कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स्थापना गरेको स्वास्थ्य सहायता कक्षलाई पुनः सक्रिय पारिएको हो । जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ । 

अन्तरजिल्ला आवतजावत खुल्ला भएको, छिमेकी मित्रराष्ट्र भारत तथा तेस्रो मुलुकबाट र देशका मुख्य सहरबाट जिल्लाभित्र प्रवेश गर्ने व्यक्तिको सङ्ख्यामा वृद्धि भएको अवस्थामा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापनाका साथै कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रेशम ढकालले जानकारी दिए। 

बागलुङ नगरपालिका–१ मालढुङ्गा, बडिगाडको खर्बाङ, जैमिनीको छिस्ती, बरेङ र निसीको भलकोट नाकामा स्थानीय तहको समन्वयमा स्वास्थ्य परीक्षण र विवरण सङ्कलन गर्न लागिएको छ । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए ।

पछिल्ला पाँच दिनमा सङ्क्रमितको सङ्ख्या १४ बाट बढेर २५० पुगेको छ । ‘अहिले तपाईँको मास्क खोइ ?’ अभियानलगायत चेतनामूलक कार्यक्रम गर्न थालिएको छ । 

प्रतिक्रिया दिनुहोस