आगामी तीन दिनसम्म मौसम उल्लेखनीय सुधार नहुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आगामी तीन दिनसम्म मौसम उल्लेखनीय सुधार नहुने


७ माघ २०७८, शुक्रबार


काठमाडौँ । आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशभर नै मौसममा बदली भएको छ । केही स्थानहरुमा वर्षा र हिमपात पनि भइरहेको छ ।

विभागले आज (शुक्रबार) बिहान एक सूचना जारी गर्दै भनेको छ, ‘आगामी तीन दिनसम्म मौसममा उल्लेखनीय सुधार हुने सम्भावना छैन । सजग बनौँ, सचेत बनौँ ।’

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली भई बागमती र प्रदेश १ का थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस