सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू


६ माघ २०७८, बिहिबार


काठमाडौँ । उपत्यकास्थित जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणाली लागु गरिएको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार(आज) बसेको संयुक्त बैठकले भोलि(शुक्रवार) राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्नेसँगै सेवा प्रवाहमासमेत आलोपालो व्यवस्था गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार : काठमाडौँ उपत्यकामा शुक्रवार राति १२ बजेदेखि जोर बिजोर लागू(आदेशसहित)

जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी कार्यालयमा सेवा प्रवाह र कर्मचारीको आलोपालो व्यवस्था कार्यालय प्रमुखले मिलाउने निर्णय भएको ललितपुर प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यससँगै कार्यालयले दिने सेवा र कर्मचारीलाई आलोपालोमा काम लगाइने छ ।

दिनप्रतिदिन कोरोना सङ्क्रमण दर बढ्दै गएसँगै स्थानीय प्रशासनले नियन्त्रणका लागि कडाइ गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस