२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जाका सुन्तला रसिलो, रु ५७ करोडको बिक्री

अ+ अ-

वालिङ । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले छुट्टै पहिचान बनाएको स्याङ्जामा यस वर्ष रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ । 

गत वर्षको तुलनामा सुन्तला उत्पादनमा कमी आएको भए पनि बजार मूल्य राम्रो पाएकाले सो मूल्य बराबरका सुन्तला बिक्री भएको हो । जिल्लामा यस वर्ष १३ हजार ८४० मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानेन्द्र स्याङ्जाले जनाएको छ । 

उत्पादित सुन्तलामध्ये २५ प्रतिशत अर्थात् तीन हजार ४६० मेट्रिक टन किसान/व्यवसायी आफैले उपभोग गरेको र बाँकी १० हजार ३८० मेट्रिक टन अर्थात् ७५ प्रतिशत बिक्री गर्दा उक्त आम्दानी भएको केन्द्रका प्रमुख विनोद हमालले जानकारी दिए।

जिल्लामा कूल एक हजार ९६९ हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा फैलिएको छ । तीमध्ये एक हजार ३८० हेक्टर क्षेत्रफलमा मात्र सुन्तला खेती गरिएको केन्द्रले जनाएको छ । 

‘यस वर्ष कूल रु ७६ करोड १२ लाख मूल्य बराबरको सुन्तला फलेको थियो’, प्रमुख हमालले भने, ‘उत्पादनको २५ प्रतिशत अर्थात् रु १९ करोड तीन लाख मूल्य बराबरको सुन्तला किसान तथा व्यवसायी आफैले उपभोग गरेको देखिन्छ भने बाँकी ७५ प्रतिशत अर्थात् रु ५७ करोड ९ लाख मूल्य बराबरको सुन्तला बिक्री भएको हो ।’

उनका अनुसार जिल्लाभित्रैका स्थानीय बजारमा २० प्रतिशत अर्थात् दुई हजार ७६ मेट्रिक टन बिक्री हुँदा कूल रु ११ करोड ४१ लाख ८० हजार आम्दानी भएको छ ।

त्यस्तै जिल्लाबाहिर ८० प्रतिशत सुन्तला अर्थात् आठ हजार ३०४ मेट्रिक टन बिक्री हुँदा रु ४५ करोड ६७ लाख २० हजार आम्दानी भएको छ । यस वर्ष किसानले प्रतिकिलो थोक मूल्य रु ५० र खुद्रा मूल्य रु ८० मा बिक्री गरेका छन् । 

गतवर्ष स्याङ्जामा कूल एक हजार ६५५ हेक्टर क्षेत्रफलमध्ये कूल एक हजार १६० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार ६३२ टन सुन्तला उत्पादन भएको थियो । यस वर्षभन्दा गतवर्ष सुन्तला उत्पादन धेरै भए पनि उचित बजार मूल्य नपाउनु र मूल्य थोरै भएका कारण किसानले बिक्रीको मात्रा घटाएर कोसेलीकारुपमा प्रयोग गरेको पाइएको प्रमुख हमालले बताए।

‘यस वर्ष मूल्य पनि बढी भएकाले किसानले कोसेलीभन्दा बिक्रीतर्फ बढी जोड दिएको देखियो’, उनले भने, ‘उत्पादन कम हुँदाहुँदै पनि बिक्रीलाई बढी जोड दिएकै कारण आम्दानीमा वृद्धि भएको हो ।’

गतवर्ष जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको उत्पादन भए पनि जम्मा रु ५५ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । यहाँका किसानले गतवर्ष प्रतिकिलो थोक मूल्य रु ४५ र खुद्रा मूल्य रु ७५ मा सुन्तला बिक्री गरेका थिए ।

प्रतिक्रिया दिनुहोस