काठमाडौँ । सरकारले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ।
वन तथा वातावरण मन्त्रालयले समितिका अध्यक्ष किरण पौडेल र सदस्यहरू कमला ओली सिवाकोटी, शशीकुमार शर्मा, सुष्मिता ढकाल र भेषराज आचार्यलाई पदबाट किन नहटाउने भन्दै पाँच दिनभित्र सफाइ पेस गर्न भनेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका यादवले समितिका पदाधिकारीलाई राजीनामा दिएर बाटो खुल्ला गर्न गरेको आग्रह अस्वीकार गरेसँगै विवाद उत्कर्षमा पुगेको थियो ।
बिहीबार(आज) सूचना प्रकाशित गर्दै ५ दिनभित्र पदबाट किन नहटाउने र हटाउनु नपर्ने कुनै आधार भए सफाइ पेस गर्न मन्त्रालयले निर्देशन दिएको हो।
गत पुस ३० मा उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो।