आजदेखि जिल्ला प्रशासन भक्तपुरको अत्यावश्यक बाहेकका सेवा बन्द « प्रशासन
Logo २९ आश्विन २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आजदेखि जिल्ला प्रशासन भक्तपुरको अत्यावश्यक बाहेकका सेवा बन्द


६ माघ २०७८, बिहिबार


भक्तपुर । जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिइन् ।

कोभिड–१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएको अवस्थामा जिल्ला प्रशासन कार्यालयमा कार्यरत विभिन्न फाँटका कर्मचारी पनि कोभिड–१९ बाट सङ्क्रमित भई उपचार र आइसोलेसनमा बस्नु परेकाले प्रशासनले यस्तो निर्णय गरेको हो ।

अत्यावश्यक सेवा लिन चाहने सेवाग्राहीलाई अनिर्वायरूपमा मास्क लगाएर, स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी साथमा खोप कार्ड वा मोबाइलमा कार्डको फोटो लिएर लिएर आउन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दै आएको शान्ति सुरक्षा, मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा अहिलेलाई स्थगन गरेका छौँ”, प्रजिअ शर्माले भनिन्, ‘कर्मचारी तथा सेवाग्राहीको नियमित र प्रत्यक्ष सम्पर्क हुने नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी फाँटका सेवा अर्को सूचना जारी नभएसम्म स्थगन गरेका छौँ ।’

उनले पूर्णरूपमा स्वास्थ्य मापदण्ड पालना गर्न, अनावश्यकरूपमा घर बाहिर ननिस्कन, अनिवार्य मास्क प्रयोग गर्न र भिडभाड नगर्न सबैमा आह्वान गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस